जब एक युवतीले प्रेम गरेको दुई वर्षपछि प्रेमि आफ्नै छिमेकी भएको थाहा पाइन । मान्जीछेको जिवन कहिलेकाहीँ आफैं लेखिएको कथाभन्दा रमाइलो हुन्छ। मेरो कथा पनि त्यस्तै छ। आठ कक्षामा पढ्दा पहिलो पटक मोबाइल हातमा आएको थियो। उमेरै चुलबुले, सोच पनि हावामा उड्ने खालको। त्यही समयमा अचानक एउटा friend request आयो। सुरुमा सामान्यमै कुरा भयो। हल्का–फुल्का च्याट, मजाक अनि साथीहरूबीच हुने सामान्य कुराकानी। उनी पनि म जस्तै चुलबुले स्वभावका रहेछन्।
कुराकानी बढ्दै जाँदा हामीबीच एउटा रमाइलो खेल खेल्ने निर्णय भयो। Punishment game थियो त्यो—हार्नेले “I Love You” भन्नुपर्ने नियमसहित। खेलमा म हारेँ र लजाउँदै “I Love You” भनें। तर त्यो साधारण खेलमै हाम्रो जीवनको अध्याय नयाँ मोडतिर मोडियो। सुरुमा केवल मजाककै लागि भनिएको शब्द, विस्तारै भावनामा बदलियो।
समय बित्दै गयो। साथीपनबाट प्रेमतर्फ यात्रा सुरु भयो। पढाइका बीच–बीचमा सन्देश आदान–प्रदान, फोनमा लामो–लामो कुराकानी, अनि कहिलेकाहीँ सानो–साना झगडासमेत। तर हरेक पटक झगडापछि फेरि भेटिनु, हाँस्नु र अझ नजिकिनु हाम्रो सम्बन्धलाई झन् गहिरो बनाउँदै गयो। सात वर्षसम्मको यात्रामा हामीले धेरै कुरा अनुभव गर्यौं—बाल्यकालको उमंग, किशोरावस्थाको भावना र जवानीको जिम्मेवारी।
सबैभन्दा रमाइलो कुरा के थियो भने—हामी दुवै जनाले कहिल्यै एकअर्काको घर–परिवार वा वास्तविक ठाउँबारे गहिरो चासो राखेनौं। हामीलाई लाग्थ्यो, प्रेम केवल भावनामा बाँच्ने कुरा हो, ठेगाना र दूरीभन्दा पर। तर जीवनले अर्कै आश्चर्यजनक रहस्य लुकाइराखेको रहेछ।
सात वर्षपछि जब हामी दुवै भेट्ने निर्णयमा पुग्यौं, त्यो दिन हाम्रा लागि अविस्मरणीय रह्यो। म अलि उत्साहित पनि थिएँ, अलि डर पनि। भेट्ने ठाउँ भने खासै टाढा थिएन, बरु मेरो आफ्नै घर नजिकै। जब उहाँसँग प्रत्यक्ष भेट भयो, थाहा पाएँ—उनी त मेरो छिमेकी नै रहेछन्। यति नजिक भएर पनि सात वर्षसम्म थाहा नपाउनु, आफैंमा एउटा अनौठो संयोग थियो।
त्यो क्षण सम्झिँदा अझै पनि रोमाञ्च हुन्छ। एकछिन त हामी दुवै अचम्मित भयौं, अनि हाँसो रोक्न सकेनौं। “ए हाम्रो कथा त चलचित्रजस्तै पो रहेछ!” भनेर हामी दुवै झन् रमाइलो मान्यौं।
आज ती दुई वर्षलाई पछाडि फर्केर हेर्दा लाग्छ—प्रेमलाई न दूरीले तोक्छ, न ठेगानाले। भावनाले बाँधेको नाता जस्तोसुकै परिस्थितिमा पनि टिक्न सक्छ। र कहिलेकाहीँ जीवनले यस्ता संयोगहरू दिन्छ, जसले कथा झन् मीठो बनाइदिन्छ।
त्यसैले मेरो अनुभव यही भन्छ—प्रेम केवल शब्द वा खेल होइन, त्यो दुई वर्षको धैर्य, विश्वास र रमाइलो यात्राको नाम हो। र त्यो यात्रा अन्ततः छिमेकीसम्म आइपुग्दा त अझै सुन्दर भइदिन्छ।












