सिटिजन लाइफ इन्स्युरेन्सले गर्याे ४ लाख ५० हजार मृत्यु दाबी भुक्तानी

कैलाली। सिटिजन लाइफ इन्स्युरेन्स सुखड शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले कैलाली जिल्लाको घोडाघोडी नगरपालिका ३ निम्दी निवासी बिमित स्वर्गीय दीपक मल्लको मृत्यु दाबी बापतको ४ लाख ५० हजार रकम स्वर्गीय दिपकको परिवारलाई हस्तान्तरण गरेको हो । आज शुक्रबार कम्पनीका कर्मचारीले परिवारलाई उक्त बिमा बापतको दाबी रकम भुक्तानी गरिएको सिटिजन लाइफ इन्स्युरेन्स कम्पनी सुखड शाखाका शाखा प्रमुख भगवती शाहीले जानकारी दिएकी छन् ।

स्वर्गीय मल्लले सिटिजन लाइफ इन्स्युरेन्स सुखड शाखामा ४ लाखको बिमाङ्क रकमको पोलिसी खरिद गरि एक बर्स बिमा शुल्क तिरेका थिए । सोही बापतको रकम कम्पनीले आज उनको परिवारलाई भुक्तानी गरेको हो । दाबी भुक्तानी हस्तान्तरण कार्यक्रममा सिटिजन लाइफ इन्स्युरेन्स कम्पनीका विभिन्न शाखाका शाखा प्रमुखका साथै मृतकका परिवारका सदस्य र स्थानीयको उपस्थिति रहेको थियो । 

 

Share