काठमाण्डौं । पूर्व सञ्चारकर्मी रवि लामिछानेले नेतृत्वकाे राष्ट्रिय स्वतन्त्र पार्टी आज निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीलाई आयोगले चुनाव चिन्ह गोलाकार भित्रको घण्टी प्रदान गरेको छ ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४ र ५ बमोजिम निर्वाचन आयोगमा दर्ता गर्ने गरी आयोगले राजनीतिक दल दर्ता नम्बर १८७ मा राष्ट्रिय स्वतन्त्र पार्टी नामक राजनीतिक दललाई वैधानिकता दिएको छ ।













