काठमाडाैं । साहित्यपोस्ट उत्तम कृति पुरस्कारका लागि उत्कृष्ट पाँच कृतिहरुको नामावली सार्वजनिक गरिएको छ । पहिलो पुस्तक मार्फत नेपाली साहित्यमा उदायका लेखकलाई प्रोत्साहन गर्ने उदेश्यले स्थापना भएको ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार – २०७८’ का लागि आज पाँच पुस्तक छनाैट गरिएकाे हाे । ५० हजार रुपियाँ राशिकाे साहित्यपोस्ट उत्तम कृति पुरस्कारका लागि डाेटेली आख्यान ‘छाइल’ समेत छनाैटमा परेकाे छ । यस अघि छनिएका उत्कष्ट ११ पुस्तकबाट आज पाँच पुस्तक छनाैटमा परेका हुन् ।
छनाैटमा परेका उत्कृष्ट पुस्तक तथा तिनका लेखकहरूः
- लाेकराज भट्ट-छाइल
- दिलिप बान्तावा –ताल्चा
- सपना आचार्य –मलिलो माटो
- उदय अधिकारी-प्रश्न र
- भवानी खतिवडा-घामभन्दा पहिले
नेपाली साहित्यमा डाेटेली भाषाको बिजाराेपण गरेकाे कृति ‘छाइल’ यति वेला चर्चामा छ । सुदुर तथा मध्यपश्चिममा बाेलिने भाषाकाे प्रयाेगले पुस्तकलाई साहित्यप्रेमी माझ लाेकप्रिय बनिरहेका बेला विभिन्न पुरस्कारका लागि ‘छाइल’ छनाैट परेकाले लेखकलाई नेपाली साहित्यमा परिचित समेत गराएकाे छ । लेखककाे पहिलाे उपन्यास भएपनि पाठकलाई त्यसकाे अनुभुति नहुने समिक्षकले बताउने गरेका छन् । बाबु छाेराकाे अन्याेन्याश्रित सम्बन्धकाे कथा बाेकेकाे उपन्यासले छाेटाे समयमै पाठककाे मन जित्न सफल भएकाे छ । बुक्स हिमालयले बजारमा ल्याएकाे ‘छाइल’ सुदूरपश्चिमेली भाषा संस्कृति जान्न चाहनेका लागि समेत उत्कृष्ट खूराक मान्न सकिन्छ ।

साहित्य पाेस्ट पुरस्कारका लागि छनाैटमा परेका पाँच पुस्तक मध्ये ‘छाइल’ सँगै दिलिप बान्तावाकाे ‘ताल्चा’ पद्मश्री पुरस्कारका लागि समेत उत्कृट १५ पुस्तककाे सुचिमा परेकाे छ । साहित्य पाेस्टले प्रदान गर्ने यस वर्षकाे पुरस्काका लागि यी दुर्इ कृतिबिच प्रतिस्पर्धा हुने देखिन्छ । आफु पुरस्कारकालागि लेखनमा नआएकाे भन्दै ‘छाइल’ का लेखक लाेक राज भट्टले पुरस्कार जिते पनि नजिते पनि निरन्तर लेखनमा रहेकाे बताएका छन् ।
छानिएका पाँच पुस्तकमध्येबाट निर्णायकहरूले सर्वोत्कृष्ट ठहर्याएको पुस्तकलाई यस वर्षको ‘साहित्यपोस्त उत्तम कृति पुरस्कार’ प्रदान गरिने जनाइएकाे छ।
छाइल: नेपाली साहित्यमा डोटेली सभ्यता
यस वर्षकाे पद्मश्रीका लागि उत्कृष्ट विस्तारित सूचीमा छाइल













