यस वर्षकाे पद्मश्रीका लागि उत्कृष्ट विस्तारित सूचीमा छाइल

 काठमाडाैंखेमलाल-हरिलाल समाज कल्याण पतिकष्ठानले प्रदान गर्ने पद्मश्री  पुरस्कारका लागि उत्कृष्ट विस्तारित सूची सार्वजनिक गरेकाे छ । मंगलबार प्रतिष्ठानले उत्कृष्ट १५ पुस्तककाे विस्तारित सुचि सार्वजनिक गरेकाे हाेडाेटेली सभ्यता उजागर गर्ने कवि लाेकराज भट्टकाे कृती “छाइल’ पनि सूचीमा परेकाे छ । पछिल्लाे  समय चर्चा बटुली रहेकाे ‘छाइल’ पद्मश्रीका लागि छनाैटमा परेसँगै यस आख्यानकाे चर्चा अझ बढ्ने भएकाे छ ।  बुक्स हिमालयले बजारमा ल्याएकाे ‘छाइल’ मा  बाबु र छाेराकाे अन्यान्योश्रित सम्बन्धमा देखाउन सुदुर पश्चिम र मध्यपश्चिममा प्रयाेग गरिने खस भाषाको भरमग्दुर प्रयाेग गरिएकाे छ ।  

खेमलाल-हरिलाल समाज कल्याण प्रतिष्ठानले यस वर्ष देखि पुस्तक चयन प्रकृया पारदर्शी बनाउन राम लाेहनीकाे संयाेजकत्वमा तीन सदस्यीय निर्णायक समिति गठन गरेकाे छ । प्रतिष्ठानलाई प्राप्त १ सय ४४ पुस्तक मध्ये  पहिलाे चरणमा  १५ पुस्तकलाई उत्कृष्ठ विस्तारित सुचीमा समावेश गरेकाे छ । दास्राे चरणमा उत्कृष्ट संक्षिप्त सूची र अन्तिम चरणमा पुरस्कृत पुस्तक घाेषणा गरिने जनाइएकाे छ ।

उद्यमी जीवा लामिछानेले आफ्ना पिता खेमलाल लामिछाने  र माता हरिकला लामिछानेका नाममा यस प्रतिष्ठानकाे स्थापना गरेका हुन् । वि.स २०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरूमध्ये निर्णायक समितिको सिफारिसमा उत्कृष्ट १ पुस्तकलाई पद्मश्री प्रदान गर्दै आएकाे छ । 

उत्कृष्ट विस्तारित सुचीमा पर्न सफल पुस्तक  तथा तिनका लेखकहरूः

 

Leave a Reply