युट्युब मार्फत अश्लिल सामाग्री प्रसारण गर्ने एक व्यक्ति पक्राउ 

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युराे

काठमाण्डौयुटुब मार्फत अश्लिल सामाग्री प्रसारण गरेको भन्दै  प्रहरीले आज काठमाण्डौबाट एक युवक पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले नुवाकाेटका २२ वर्षीय प्रवेश लामालाई अश्लिलता फैलाउने किसिमका भिडियोहरू बनाई युट्युब लगायत सामाजिक सञ्जालमा प्रसारण गरेकाे अभियाेगमा पक्राउ गरेकाे विज्ञप्ति जारि गरेकाे छ। 

नुवाकोट बेलकोटगढी नगरपालिका–७, महादेवफाँटका लामालाई विद्युतीय कारोबार ऐन, २०६३ उल्लघंन गरेकाे भन्दै प्रहरीले काठमाडौंबाट उनलाई पक्राउ गरेकाे हाे । लामाले  4 Real TV (https://www.youtube.com/c/4realTV4real)  नामक युट्युब च्यानल मार्फत अश्लिल शीर्षक राखी समाजमा अश्लिलता फैलाउने कार्य गरेकाे भन्दै पक्राउ गरीएकाे प्रहरीले जनाएकाे छ । 

292207572 340041734982118 3312707381578327697 n

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *