सुखड : श्रीलंकासँगको तीन खेलको टी २० क्रिकेट श्रृंखलामा गएराती सम्पन्न पहिलो खेलमा अष्ट्रेलियाले घरेलु टोली माथि १० विकेटको फराकिलाे जित निकालेको छ ।
श्रीलंकाले दिएको १ सय २९ रनको झिनो लक्ष्य पछ्याएको अष्ट्रेलियाले १४ ओभरमा विना विकेटको क्षतिमा पुरा ग¥यो । उसका लागि ओपनर द्वय आरोन फिन्च र डेविड वार्नरले सानदार प्रदर्शन गरे । वार्नरले ४४ बलको सामना गर्दै ७० रन तथा फिन्चले ४० बलको सामना गर्दै ६१ रनमा अविजित रहे ।
यस अघि कोलम्बोस्थित आर प्रेमदास स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंका १९ ओभर ३ बलमा सबै विकेट गुमाएर जम्मा १ सय २८ रन मात्र बनाउन सक्यो । उसका लागि चरिथा अशलंकाले ३८,पथुम निशंकाले ३६ तथा गुणतिलकाले २६ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बलिङमा अष्ट्रेलियाका लागि जोश हेजलउडले उत्कृष्ट प्रदर्शन गरे । उनले ४ ओभरमा जम्मा १६ रन दिएर ४ विकेट हात पारे । यस्त मिचेल स्टार्कले ३ तथा केन रिचार्डसनले १ विकेट लिए ।
यि दुई टोली बिचको दोस्रो टी२० खेल आज राती नेपाली समय अनुसार ७४५ बजे देखि सुरु हुने भएको छ ।













