एएफसी एसियन कप छनोटमा बलियो टोली जोर्डनको सामना गर्दै नेपाल

नेपालले आज एएफसी एसियन कपको तेस्रो चरणको छनोटमा बलियो टोली जोर्डनको सामना गर्दैछ । आज राति १ बजे कुवेत सिटीमा नेपाल जोर्डनसँग भिडदैछ । हालसम्म एकै खेलमा नेपालले जोर्डनविरुद्ध २ गोल गर्न सकेको छैन । आजकाे खेलमा २ गाेल मात्र गर्न सके पनि नेपालले इतिहास रच्ने छ । 

युवा खेलाडीको बाहुल्यता रहेकाे नेपाली टोलीका लागि यो प्रतियोगिता कठिन परीक्षाको रुपमा हेरिएको छ । कतिपय खेलाडी पहिलो पटक विदेशी भूमिमा खेल्दैछन् । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग असमझदारी बढेपछि उत्कृष्ट गोल किपर तथा राष्ट्रिय टोलीका नियमित कप्तान किरणकुमार लिम्बुसहित ११ जना सिनियर खेलाडी राष्ट्रिय टोलीमा छैनन् ।

एन्फा होस्टलमा सुविधा बढाउनु पर्ने, नेपाली टोली होटलमा राख्नुपर्ने माग राखेपछि प्रशिक्षक अलमुताइरीले रोहित चन्दलाई प्रशिक्षण छाडेर जान भनेपछि बढेको विवादले राष्ट्रिय टोलीमा अहले नँया अनुहार देख्न सकिन्छ ।  प्रशिक्षकले युवा खेलाडी समेटेर बन्द प्रशिक्षण सञ्चालन गरेका थिए । युवा टोलीले घरेलु मैदानमा नेपालमा उपलब्ध अफ्रिकन खेलाडीसँग अभ्यास खेल खेलेका थिए । 

जोर्डन फिफा वरियताको ९१ औं स्थानमा छ भने नेपाल १६८ औं स्थानमा रहेको छ ।

 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *