कैलाली प्रहरी मिसन: एकै दिन ४८ ग्राम लागु औषध सहित ४ जना पक्राउ

धनगढी ।  मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीको टाेलिले कञ्चनपुरका दुई युवा र एक युवतीको साथबाट ४० ग्राम लागू औषध खैरो हिरोइन सहित पक्राउ परेका गरेकाे छ । साथै उनीहरूको साथबाट ४९ हजार रुपैयाँ समेत बरामद गरिएको छ । 

साँझ ५ बजेको समयमा लागू औषध खैरो हिरोईनको बिक्री वितरणमा एउटा समुह नै सक्रिय रहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले खोज तलास  गरेकाे थियाे । धनगढी उपमहानगरपालिका-१, स्थित सेती प्रादेशिक अस्पताल नजिकैबाट कञ्चपुर जिल्ला पुनर्वास नगर पालिका १ का ४२ वर्षीय डब बहादुर तामाङलाई शंका लागि चेकजाँच गर्दा ३० ग्राम खैरो हिरोइन फेला पर्याे। थप अनुसन्धान गर्दा सोही ठाउँका ३५ वर्षीय कान्छा तामाङलाई धनगढी उपमहानगर २ स्थित त्रिनगर भन्सारमा चेकजाँच गर्दा १० ग्राम खैरो हिरोइन फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस्तै घनगढी उपमहानगर ३ स्थित ट्राफिक चौराहाबाट  कञ्चनपुर पुनर्वास न.पा. ०१ का २८ वर्षीय अन्जु सार्कीलाई फेलापारि चेकजाँच गर्दा  नगद ४९ हजार बरामद भए पछि सार्कीलाई नियन्त्रण लिई थप अनुसन्धान भैरहेको जानकारी दिइएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालयकै टोलीले गए राती करिव ९ बजे पुन लागू औषधको कारोबार भैरहेको भन्ने गोप्य सूचनाका आधारमा धनगढी उपमहानगरपालिका २ बस्ने २८ वर्षीय हेम खत्रीको घरको कोठाबाट ८ ग्राम लागू औषध फेला पारी बरामद गरी खत्रीलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । 

 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *