मैत्रीपूर्णमा खेलमा दक्षिण कोरियासँग चिली २-० गोल अन्तरले पराजित

गएराती दक्षिण कोरियामा सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा दक्षिण कोरियाले दक्षिण अमेरिकी टोली चिलीलाई २-० गोल अन्तरले पराजित गरको छ । एसियाली मुलुकको टोली दक्षिण काेरियाले  घरेलु मैदानको फाइदा उठाउँदै  चिलि माथि सहज जित निकालेकाे छ ।कोरियाका ह्वाङले खेलको १२ औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले पछि रहेको पाहुना टोली खेलको ५२ औं मिनेटमा १० खेलाडीमा समेटिन पुग्यो ।

चिलीका एलेक्स आइबाक्यासले सोझै रातो कार्ड पाएर मैदानबाट बाहिरिँदा टोली झन दबाबमा परेको थियो। कोरियाका लागि दोस्रो गोल गर्ने क्रममा सनले खेलको इन्जुरी समयमा गोल गर्दै टोलीलाई २-० को अग्रतामा पु¥याए

यसअघिको पहिलो मैत्रीपूर्ण खेलमा दक्षिण कोरिया ब्राजिलसँग ५-१ गोल अन्तरले पराजित भएको थियो । यस्तै, चिलीको भने दोस्रो मैत्रीपूर्ण खेलमा ट्युनिसियासँग खेल्ने तालिका रहेको छ  ।

 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *