सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले उपप्राध्यापक र कर्मचारीहरूका लागि दरखास्त आह्वान गरेको छ । विश्वविद्यालय अन्तर्गतका विभिन्न संकायका क्याम्पसहरूमा पदपूर्तिका लागि विभन्न पदमा दरखास्त आह्वान गरिएको हो ।
शैक्षिक र प्रशासनिक पदहरूमा करार र आंशिक शिक्षक तथा कर्मचारीहरूको खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने सोमबार प्रकाशित सूचनामा जनाइएको छ ।
आउँदो असार २६ गते दिउँसो ३ बजेभित्र र दोब्बर दस्तुर सहित साउन १ गतेसम्म आवेदन दिन सकिनेछ । दरखास्त फाराम सम्बन्धित संकायको डिन कार्यालयबाट प्राप्त गर्न सकिने जनाइएको छ ।














