कैलाली । कैलालीको घोडाघोडी नगरपालिका ८ लठुवा स्थित लठुवा सामुदायिक बनमा बाघले आक्रमण गर्दा एक महिला गम्भिर घाइते भएकी छन् । बिहान करिब ७:३० बजे बनमा घाँस काट्न गएकी स्थानीय ५० वर्षीय बिष्णा देवी बोहरा बाघको आक्रमणमा परि गम्भिर घाईते भएकी हुन् ।
सामुदायिक बनको खोला किनारमा घाँस काटिरहेको अवस्थामा बाघले आक्रमण गरेपछि गम्भिर घाइते भएकी बाेहराकाे सुखड स्थित घोडाघोडी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
एकल महिला बाेहराका दुई छोरा एक बुहारी रोजगारको सिलसिलामा भारतमा रहेको र एक बुहारी सँग घरमा बस्दै आएको स्थानीय दीपक सापकोटाले जानकारी दिएका छन् ।













