स्पानिस टेनिस स्टार रफाएल नडालले फ्रेन्च ओपन टेनिसकाे उपाधि जितेका छन् । आइतबार पेरिसमा भएको फाइनलमा ३६ वर्षीय नडालले कैस्पट रुडलाइ ६-३,६-३,६-० को साेझाे सेटमा पराजित गर्दै उपाधि जितेका हुन । याे सँगै उनले कीर्तिमानी २२औ ग्राण्डस्लाम उपाधि जितेका छन् ।
यो नडालको १४ औ फ्रेन्च ओपनको उपाधि हो । उनले फ्रेन्च ओपनमा एक सय १५ खेल खेल्दा तीन खेल मात्र हारेर एक सय १२ औं जित हात पारेका छन् ।













