अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले सानदार प्रदर्शन गर्दाै इस्टोनिया विरुद्ध सहज जित निकालेका छन् । इस्टोनियालार्इ ५-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना विजयी भएको छ । गएराति सम्पन्न खेलमा कोपा अमेरिका विजेता समेत रहेको अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सी एक्लै पाँच गोल गरे पछि इस्टाेनिया स्तब्ध भएकाे हाे ।
खेलको पहिलो हाफमा दुई गोल गरेका मेस्सीले दोस्रो हाफमा तीन गोल थपे । आठौं मिनेटमा पेनाल्टीबाट खाता खोलेका उनले खेलको ४५, ४७, ७१ र ७६ मिनेटमा गोल गरेका थिए ।













