यार्मोलेन्कोले गरेकाे आत्मघाती गोलले वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट खेल्ने

युक्रेनका एन्ड्री यार्मोलेन्कोले गरेको आत्मघाती गोलले वेल्सलार्इ फिफा विश्वकप फुटबल छनाेट खेल्ने बनाएकाे छ ।   कार्डिफ सिटी स्टेडियममा खेलको ३४ औं मिनेटमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले गरेको आत्मघाती गोल नै वेल्सका लागि बरादान सावित भयो । युरोपेली छनोटअन्तर्गत गएराति प्लेअफ फाइनलमा घरेलु टोली वेल्सले  युक्रेनलाई १-० गोल अन्तरले पराजित गर्दै छनाेटमा स्थान सुरक्षित गरेको हाे ।कतारमा यसै वर्ष आयोजना हुने फिफा विश्वकप फुटबलमा ६४ वर्षपछि वेल्स छनोट खेल्न पाउने भएकाे हाे ।

यार्मोलेन्कोले ग्यारेथ बेलको फ्रिकिकलाई बचाउन खोज्दा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । ६४ वर्ष पछि विपक्षी टिमका खेलाडिले गरेकाे मात्मघाति गाेलका कारण वेल्स विश्वकप छनाेटमा खेल्न पाउने भएकाे छ । वेल्सले पछिल्लोपटक सन् १९५८ मा विश्वकप खेलेको थियो । वेल्स, इंग्ल्यान्ड, अमेरिका र इरान समूह ‘बी’ मा रहने छन् । 

फिफा विश्वकप फुटबल यसै वर्ष नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारमा सञ्चालन हुदैछ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *