स्विजरल्यान्डमाथि पोर्चुगलको सहज जित 

यूईएफए नेसन्स लिग समूह ए २ को खेलमा पोर्चुगलले विजयी सुरुवात गरेको छ । आइतबार राति लिस्बोनस्थित घरेलु मैदानमा पोर्चुगलले स्विजरल्यान्डमाथि ४-० गोल अन्तरको सहज जित निकाल्यो ।

पोर्चुगलको जितमा स्टार फरवार्ड खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे यस्तै विलियम कार्भाल्होजोआओ कन्सेलोले समान एक गोल गर्दा स्विजरल्यान्ड भने गोल विहीन रह्यो ।
हिजोको जितसँगै समूहमा पोर्चुगल दुई खेलबाट ४ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । समान चार अङ्क भए पनि चेक रिपब्लिक दोस्रोमा छ । यता स्पेन समान खेलबाट दुई अङ्कसहित तेस्रो तथा स्वीटजरल्यान्ड अंकरहित तालिकाकाे पुछारमा रहेको छ । 

 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *