धनगढीमा लागू औषध सहित एक युवक पक्राउ 

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका-९ बाट लागू औषध सहित एक युवक प्रक्राउ परेका  छन् । भारतको पलिया  खिरी बस्ने केदार रानाका  छोरा २३ वर्षीय मङ्गल सिंह रानालार्इ ५ ग्राम  ३०० मिलिग्राम लागूऔषध  खैरो हिरोइन सहित प्रहरीले पक्राउ गरेको हाे । 

आज बेलुका ५:३० बजे जिल्ला प्रहरी कार्यालय कैलाली धनगढीबाट सादा पोसाकमा खटिएको विशेष प्रहरी टोलीले शङ्काको आधारमा बङ्ग्राकटान  एरियामा चेकजाँच गर्दा लागु औषध सहित युवक पक्राउ परेका हुँन् । 

युवकलार्इ जिल्ला प्रहरी कार्यालय धनगढीमा राखी थप अनुसन्धान भइरहेको  प्रहरीले जनाइएको छ ।

 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *