काठमाण्डौ । नेकपा एकीकृत समाजवादी पार्टीले आज बेलुकी आफ्ना पार्टीबाट नयाँ मन्त्रीहरूको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको जनाइएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालले बेलुकी प्रधानमन्त्री देउवालाई भेटेर नयाँ मन्त्रीको नाम बुझाएकाे पार्टीका केन्द्रीय प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिएका छन् ।
नयाँ मन्त्रीमा सिफारिस भएका सहरी विकास मन्त्रालयमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसङ्ख्यामा भवानी खापुङ, संस्कृति जीवनराम श्रेष्ठ र श्रममा शेरबहादुर कुँवरको नाम सिफारिस गरिएको जानकारी दिएको छ । त्यसैगरी हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।













