सुभमन गिलको कीर्तिमानी दोहोरो शतक

शुभमन गिलको कीर्तिमानी सानदार दोहोरो शतकमा भारतले इङ्गल्याण्ड विरुद्धको दोस्रो टेष्टको पहिलो इनिङसमा ५ सय ८७ रन बनाएको छ।

 

भारतले ५ विकेटको नोक्सानीमा ३ सय १० रनबाट दोस्रो दिन बिहीवार ब्याटिङ सुरु गरेको थियो। गिल

१ सय १४ रर र रविन्द्र जडेजाले ४१ रनबाट दोस्रो दिनको खेल अघि बढाएका थिए।

 

२५ वर्षीय कप्तान गिलले रकेर्डको वर्षा नै गरे। उनले ३ सय ८७ बल खेलेर ३० चौका र ३ छक्काका सहित २ सय ६९ रनको लोभलाग्दो इनिङ खेले।

 

उनी इङ्ल्याण्डमा टेस्ट खेलमा दोहोरो शतक प्रहार गर्ने पहिलो एसियाली कप्तान बनेका छन्। उनी इङ्ल्याण्डमा सर्वाधिक रन बनाउने भारतीय कप्तान पनि बने।

 

सन् १९९० मा मोहम्मद अजहरुद्दीनले बनाएको १ सय ७९ रनको कीर्तिमान तोडे। साथै उनी इङ्ल्याण्डमा टेस्ट खेलमा सर्वाधिक रन बनाउने भारतीय खेलाडी पनि बने। यसअघि सन् १९७९ मा द ओभलमा सुनिल गावस्करले २ सय २१ रन बनाएका थिए।

 

गिल टेस्ट क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने २६ औं भारतीय खेलाडी बनेका छन्। अहिलेसम्म १२ भारतीय खेलाडीले एक–एक दोहोरो शतक बनाइसकेका छन्।

 

उनी १३ औं खेलाडीका रुपमा त्यो सूचीमा थपिएका छन्। यो भारतीय खेलाडीद्वारा बनाइएको ५० औं दोहोरो शतक पनि हो। विराट कोहलीले ७ पटक दोहोरो शतक प्रहार गर्दै सबैभन्दा बढी दोहोरो शतक बनाउने भारतीय खेलाडीको कीर्तिमान राखेका छन्।