रुपेश देवकोटा । पत्रकारिता लोकतन्त्रको चौथो अंग हो, जसको मुख्य दायित्व सत्य, निष्पक्षता र जनहितमा आधारित सूचना सम्प्रेषण गर्नु हो। यो माध्यमले राज्य र जनतालाई जोड्ने, सत्ता र शक्तिलाई उत्तरदायी बनाउने तथा समाजलाई सही दिशा दिने जिम्मेवारी बोक्दछ। तर पछिल्लो समय ‘भाइरल’ बन्ने प्रतिस्पर्धाले पत्रकारिता जगतलाई भ्रामक, सनसनीखेज र अनैतिक दिशातर्फ धकेलिरहेको छ। सस्तो लोकप्रियताको दौडमा पत्रकारिता आफ्नो मर्यादा र मर्म बिर्सँदैछ।
१. भाइरल बन्ने मानसिकता – पत्रकारिताको मूल मर्ममाथि प्रहार
सूचना प्रविधिको विकास, सामाजिक सञ्जालको व्यापकता र डिजिटल मिडिया प्लेटफर्महरूको बाढीका कारण अहिले पत्रकारिता मात्र संस्थागत पत्रकारहरूमा सीमित छैन। युट्युब, टिकटक, फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक माध्यम प्रयोग गर्ने धेरैले आफूलाई ‘पत्रकार’ भन्छन्, यद्यपि उनीहरूसँग आवश्यक ज्ञान, तालिम वा आचारसंहिताको समझदारी हुँदैन।
सामग्री भाइरल बनाउने लालजमा कतिपयले तथ्यहीन, पक्षपाती, अर्धसत्य वा पूर्ण झुटा सामग्रीसमेत समाचारको जस्तो शैलीमा प्रस्तुत गर्न थालेका छन्। यस्तो प्रवृत्तिले दर्शकलाई भ्रमित पार्नुका साथै समाजमा अविश्वास, भय र अस्थिरता फैलाउन सक्छ।
२. भाइरल पत्रकारिता: विकृतिका प्रमुख रूपहरू
क. क्लिकबेट शीर्षक
“अब यस्तो भयो!”, “आफ्नै आँखाले हेर्नुस्”, “रुँदै भन्छिन्”, जस्ता सनसनीपूर्ण र अतिरञ्जित शीर्षक राखेर दर्शकको ध्यान खिच्ने प्रवृत्ति भाइरल पत्रकारिताको पहिलो लक्षण हो। यस्ता शीर्षकहरूले सामग्रीको वास्तविकता भन्दा बढी भावनात्मक प्रभाव पार्ने काम गर्छन्।
ख. पीडाको व्यापार
कसैको दुर्घटना, हत्याको पीडादायक क्षण, आँशु झारेको दृश्य वा अन्तिम बोलिको लाइभ भिडियो बनाउने, र त्यही दृश्यबाट लाखौं भ्युज बटुल्ने काम
समाधानका उपायहरु
क. पत्रकारिता तालिम
डिजिटल मिडिया, मोबाइल पत्रकारिता र सामाजिक सञ्जाल यथार्थसँग मेल खानेगरी पत्रकारिता शिक्षा तथा तालिम प्रदान गर्नुपर्छ। प्रेस काउन्सिल, मिडिया कलेज, संघसंस्थाले नियमित रूपमै कार्यशाला आयोजना गर्नुपर्छ।
ख. आचारसंहिताको कडाइ
पत्रकार आचारसंहिता उल्लंघन गर्नेहरूमाथि कारबाही गर्न प्रेस काउन्सिल नेपालजस्ता निकायहरूलाई थप अधिकार र प्रभावकारिता दिनुपर्छ।
ग. मिडिया संस्थाको सम्पादकीय भूमिका
समाचार प्रकाशन अघि सम्पादकीय संयमता र मापदण्ड पालना गरिएको छ कि छैन भन्ने कुरा संस्थागत रूपमा अनुगमन गर्नुपर्छ।
घ. दर्शकको सचेत भुमिका
सबै कुरा विश्वास गर्नु भन्दा स्रोत के हो? प्रमाण छ कि छैन? भन्ने मूल्याङ्कन गर्ने चेतनशील दर्शक वर्ग आवश्यक छ।
भ्रामक सामग्रीलाई ‘शेयर’ गर्नु भन्दा ‘रिपोर्ट’ गर्नु बुद्धिमानी हो












