काठमाडाैं । कोलम्बिया फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पुगेको छ।
शनिबार बिहान घानालाई हराउँदै कोलम्बिया विश्कपको अन्तिम १६ मा पुगेको हो।
कन्सास सिटी स्टेडियममा खेलको १४ मिनेटमा कोलम्बियाका जोन एरियसले गरेको गोल निर्णायक बन्यो।
५६ मिनेटमा लुइस डियाजको प्रहारले जाली चुमे पनि अफसाइडका कारण गोल रद्द हुन पुगेको थियो।
खेलमा अधिकांश समय कोलम्बियाले घानामाथि दबाब राखेको थियो। घानाका गोलकिपर लरेन्स अति जिगीले कोलम्बियाका तीन उत्कृष्ठ प्रहार रोके। पराजित भएको घाना बाहिरिएको छ।
कोलम्बियाले अन्तिम १६ मा स्विट्जरल्याण्डसँग खेल्नेछ।












