काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले आज विज्ञप्ति जारी गर्दै पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ र डिजेल एवं मट्टितेलमा ४ रुपैयाँ बढाइएको जानकारी दिएको हो । यस अघि पेट्रोलको मूल्य रू १५७ र डिजेल एवं मट्टितेलको मूल्य रू १४२ रहेकोमा मङ्गलबार देखि लागू हुने गरि निगमले पेट्रोलको मूल्य ५ रुपैयाँले बढाएर १६२ र डिजेल एवं मट्टितेलको मूल्य ४ रुपैयाँले बढाएर १४६ रुपैयाँ कायम गरिएको जनाएको हो ।
साथै निगमले भारतबाट मूल्य वृद्धि भइ आएकाले स्वचालित मूल्य प्रणाली अनुरूप नेपालमा मूल्य वृद्धि गरिएको जनाएको छ । यसका साथै हवाइ इन्धनको समेत ७ रुपैयाँले मूल्य वृद्धि गरिएको निगमले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।













