एकीकृत समाजवादीले मन्त्रीहरू हेरफेर गर्दै

 काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीका तर्फबाट बनेका मन्त्री फिर्ता बोलाउने भएको छ । उसले नयाँ अनुहारलाई मन्त्रालयमा पठाउने गृहकार्य थालेको जनाइएको छ । कानूनमन्त्री रहेका गोविन्द बन्दी भने अहिले कायम रहने पनि जनाइएको छ । 

पार्टीबाट सरकारमा सहभागी भएकाहरूलाई फिर्ता बोलाउने तयारी भइरहेको र सरकारमा ६ महिनाभन्दा बढि समय व्यतीत गरेका सबैलाई फिर्ता बोलाउने गृहकार्य सुरु भएको समाजवादीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले बताए ।

हाल एकीकृत समाजवादीका तर्फबाट पर्यटन मन्त्री प्रेम बहादुर आले मगर, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य मन्त्री विरोध खतिवडा र श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ रहेका छन् । त्यसै गरि स्वास्थ्य राज्यमन्त्रीमा भने भवानी खापुङ रहेका छन् । उनीहरू सबैलाईलाई फिर्ता बोलाएर नयाँलार्इ पठाउने पार्टीको तयारी रहेको नेता खनालको भनाई रहेको छ । हाल मात्र मन्त्री बनेका बन्दी स्वतन्त्रबाट मन्त्री बनेका हुन् । सांसद नरहेका स्वतन्त्र व्यक्ति ६ महिनासम्म मन्त्री बन्नसक्ने संवैधानिक प्रावधान रहेको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *