सुखड । कैलालीको घोडाघोडीमा लागूपदार्थ दुर्व्यसनी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीको आयोजनामा जिल्लाको घोडाघोडी नगरपालिका १ सुखड स्थित घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
घोडाघोडी सामुदायिक माविका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई लक्षित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोगन बहादुर हमालका साथै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक वालनरसिंह राणा, सहायक प्रहरी उपरीक्षक सुरेन्द्र राज रञ्जित, घोडाघोडी बहुमुखी क्याम्पस प्रमुख लक्ष्मी प्रसाद भट्टराई, ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक रमेश अवस्थी लगायतको उपस्थिति रहेको घोडाघोडी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख पुष्पराज जैशीले बताएका छन् ।

कार्यक्रममा विद्यार्थीहरूलाई लागूपदार्थ दुर्व्यसनीका असर, यसकाे प्रभाव एवं रोकथामका उपाय विषयमा प्रस्तुति दिदैँ लागूपदार्थ दुर्व्यसनी सम्बन्धी ३ महिने कार्यक्रम अन्तर्गत सचेतनामूलक कार्यक्रम गरिएको प्रजिअ हमालले बताएका छन् ।
विद्यालय आस पासको छेत्रमा सुर्तिजन्य पदार्थ बिक्री वितरण अवस्थाको अनुगमन गर्नु भएको छ ? प्रजिअ गोगन हमाल।













