डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटामा बुधवार बिहान आएको हावाहुरीसँगै रुख ढल्दा एक महिलाको ज्यान गएको छ । घरमाथिबाट सल्लाको रुख ढल्दा २७ वर्षीया रविना कामीको घटनास्थलमै ज्यान गएको छ भने उनकी सासू राधा कामी गम्भीर घाइते भएकी छन् ।
स्थानीयले बिहान करिब ६ बजेतिरको समयमा घटना भएको बताएका छन् । घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । राधा कामीको कम्मर र टाउकोमा चोट लागेको छ । मृतक रविना कामीका एक छोरा र एक छोरी छन् । प्रहरीले अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।












