जुन ५ अर्थात विश्व वातावरण दिवस आज नेपालमा समेत देशभर विभिन्न कार्यक्रम गरि मनाइदैछ । विश्व वातावरण दिवस पर्यावरण प्रति विश्व स्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि ‘केवल एक पृथ्वी‘ नाराका साथ मनाउन सुरु गरिएको हो । संयुक्त राष्ट्र संघले सन् २०२१ देखि २०३० लाई पारिस्थितिक पुनर्स्थापना दशकको रुपमा मनाउने घोषणा समेत गरेको छ । कतै वृक्षारोपण गरेर, कतै वातावरण जोगाउन सचेतना कार्यक्रम गरेर त कतै कसरी वातावरणलाई सन्तुलन राख्न सकिन्छ भनेर छलफल गरेर भए पनि आज वातावरण दिवस मनाइ रहेका छन् ।विश्वमा वातावरणको स्थिति निकै नाजुक बनेको छ । हालको विषम परिस्थितिमा वातावरणलाई जोगाउनु निकै चुनौतीको विषय बनेको छ । एक पटक वातावरण संरक्षण गर्न तर्फ विश्वको ध्यान केन्द्रित हुनु पर्ने देखिन्छ ।
सामान्य अर्थमा वातावरण भनेको हाम्रो वरपर रहेका सजीव , निर्जीव, मूर्त वा अमूर्त वस्तुको समुहलाई जनाइन्छ । त्यसकारण वातावरण केवल भौतिक वातावरण मात्र नभई परम्परा जस्ता अमूर्त तत्त्वहरू पनि समावेश हुने गर्दछन् । हामी केवल प्राकृतिकको वातावरण मात्र पाउँदैनौं जुन हामीले क्षेत्रको वातावरण, नदी, समुद्र, तटहरू आदिलाई पनि वातावरण नै भनिन्छ । त्यसकारण वातावरण एक यस्तो प्रणालीको सम्बन्ध हो जुन प्राकृतिक र कृत्रिम तत्त्वहरूको सेटले बनेको हुन्छ, जुन एक अर्कासँग अन्तरक्रिया गर्दछ र त्यो एक अर्कासँग सम्बन्धित हुन्छ । अझ भन्दा तिनीहरू मानवद्वारा परिमार्जन गरिएका छन् । यही कारण यो हामीले वातावरण संरक्षण र प्रबन्धन गर्नुपर्दछ, किनभने यसले जीवनको बाटो लिन्छ र हामीलाई अनुकूलनहरू सिर्जना गर्दछ ।
वर्तमान स्थिति
वातावरण खराबीको लागि केही दशक पहिले देखि मानव क्रियाकलापको वातावरणमा प्रभाव एक त्यस्तो गन्तव्यमा पुगेको छ जहाँ गम्भीर अशान्ति पैदा भएको देखिन्छ । जसले पशु र बोटबिरुवाको प्रजाति लोप भएको छ । पानी, हावा र माटोको दूषित, जीवित प्राणीहरूको विस्थापन, विखण्डन र आवासको विनाश आदि गहिरो असर परेको प्रत्यक्ष देख्न सुन्न पाइरहेको छ । अन्त: वातावरण प्रदुषण संसारमै एक चुनौतीपूर्ण समस्याको रुपमा देखापरेको छ । यस्तो किसिमको विकराल समस्याको समाधानको लागि बेलैमा युद्धस्तरमा रणनीतिहरू तय गर्नु अाजकाे अावश्यकता हाे ।
मानविय लापर्वाहिपनाकै कारण वातावरणिय ह्रास हुदै गएकाे छ। वातावरणमा प्रदुषणले मानिसलार्इ गंभिर संकटमा पारेकाले यसको वातावरण संरक्षण गर्न विश्व एकजुट हुनु पर्ने देखिन्छ । पर्याावरण बढ्दै गैरहेको जनसंख्या बृद्धि , सवारी साधनको चाप र औद्योेगिक क्षेत्रबाट निस्कने घाँतक ग्याँसले गर्दा वायु तथा पानीसमेत प्रदूषित बन्दै गएको छ । विकासशील मुलुकहरुमा कहालीलाग्दो जनसंख्या बृद्धिले गर्दा वन–साधनमा ठूलो चाप पर्न गई भू–क्षय हुने , पहिरो जाने , बाढीको प्रकोप बढ्ने , अतिवृष्टि तथा अनावृष्टि हुने समस्या देखापरि पर्याावरणीय सन्तुलनलाई प्रतिकूल वनाएको छ ।
हामीले हाम्रा आवश्यकताहरू पूरा गर्न वातावरणबाट प्राकृतिक संसाधनहरू निकाल्ने आवश्यकता भएको हुनाले वातावरण बिग्रेको छ र प्रदूषणकारी भएको छ । वातावरण बनाउने सबै तत्वहरूले उनीहरूको सम्पत्ती गुमाइरहेका छन्, हराइरहेका छन् वा अन्य जीवित प्राणीहरूका लागि खराब अवस्था सिर्जना गरिरहेका छन् । तसर्थ, प्रदूषण भनेको सबै कुरा हो जसले जीवनलाई क्षति पु¥याउँछ र सुरक्षा, जीवनको अवस्था, कल्याण र वातावरणको विशेषताहरू, वनस्पति र जीवजन्तुलाई जोखिममा पार्दछ ।
संरक्षणका प्रयास
राष्ट्रिय आवश्यकता तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई सम्बोधन गर्न नेपाल सरकारले वातावरण सम्बन्धी नीति, रणनीति तथा आवधिक योजनाहरूद्वारा विगतमा वातावरण संरक्षण तथा व्यवस्थापनका लागि आवश्यक नीतिगत प्रयास गर्दै आएको छ । राष्ट्रिय संरक्षण रणनीति, २०४५ र नेपाल वातावरणीय नीति तथा कार्ययोजना, २०५० ले विकास निर्माणका कार्यले प्राकृतिक वातावरणमा पार्ने प्रतिकूल प्रभावहरूलाई रोकथाम एवं न्यूनीकरण गर्ने उपायका बारेमा मार्गदर्शन गरेको देखिन्छ । त्यसैगरी राष्ट्रिय वातावरणीय प्रभाव मूल्याङ्कन मार्गदर्शन, २०५० ले पूर्वाधारहरूको विकासबाट वातावरणमा पर्न जाने प्रतिकूल प्रभावहरूलाई न्यूनीकरण गर्दै विकास र वातावरणबीचको सन्तुलन कायम गर्न वातावरणीय प्रभाव अध्ययनको शुरुवात गरेको देखिन्छ । यसै गरि वातावरण संरक्षण ऐन, २०५३ तथा वातावरण संरक्षण नियमावली २०५४ ले वातावरण संरक्षणका लागि कानूनी आधारहरू प्रदान गरेको पाइन्छ । यी नीतिगत तथा कानूनी प्रयासका अतिरिक्त वातावरणलाई प्रत्यक्ष र परोक्ष रुपमा प्रभाव पार्ने वन, वन्यजन्तु जैविक विविधता, जलवायु परिवर्तन, भू–उपयोग क्षेत्रीय तथा उपक्षेत्रीय नीति, रणनीति, गुरुयोजना, आवधिक योजना तथा कानूनहरूको समेत तर्जुमा भई कार्यान्वयन हुँदै आएका छन् । संस्थागत प्रयासतर्फ वातावरण संरक्षण ऐन, २०५३ अनुरुप प्रधानमन्त्रीको अध्यक्षतामा विज्ञहरू समेत संलग्न वातावरण संरक्षण परिषद्को गठन भएको छ ।
हासिल उपलब्धि
हालसम्म वातावरण संरक्षण र व्यवस्थापनका लागि विभिन्न नीतिगत, कानूनी, संस्थागत तथा कार्यक्रमिक उपलब्धीहरू भएका छन् । वातावरण व्यवस्थापनतर्फ हालसम्म तीन सय ५० भन्दा बढी ठूला आयोजनाहरूको वातावरणीय प्रभाव मूल्याङ्कन र हजारौंका संख्यामा रहेका मझौला तथा साना आयोजनाहरूको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत भई प्रतिकूल वातावरणीय प्रभावलाई न्यूनीकरण गर्ने र अनुकूलता बढाउने गरी वातावरण व्यवस्थापन योजना कार्यान्वयन गर्ने प्रयासहरू भइरहेको अवस्था छ । त्यसैगरी ध्वनि, जल र वायुसँग सम्बन्धित प्रदूषण रोकथाम र नियन्त्रणका लागि केही मापदण्ड निर्धारण भई कार्यान्वयनमा आएका छन्। औद्योगिक प्रतिष्ठानमा नियमित र आकस्मिक अनुगमन गरी गापदण्ड पालना गर्ने, गराउने कार्य भइरहेको छ ।
वातावरणीय सक्षमता हासिल गर्न केही स्थानीय तहहरूमा नमूनाको रुपमा जलवायु अनुकूलित गाउँ कार्यक्रम सञ्चालनमा ल्याइएको छ । सवारी साधनहरूमा प्रदूषण जाँच गर्ने प्रकृया शुरु भएको छ । शहरी क्षेत्रमा विभिन्न प्रकारका वातावरणीय प्रदूषण रोकथाम तथा न्यूनीकरण गर्न फोहरमैला व्यवस्थापन, मापदण्ड विपरीत बनेका पलास्टिकका झोलाको प्रयोगलाई नियन्त्रणका साथै विभिन्न जनचेतनाका कार्यक्रमहरू सञ्चालन गरिएको छ । देशको कूल वन क्षेत्रको करीब ४० प्रतिशत वन क्षेत्र स्थानीय वन उपभोक्ता समूहबाट व्यवस्थापन भई हरियाली प्रवर्द्धन हुँदै आएको छ । यसै गरी शहरी वन तथा उद्यानका कार्यक्रमहरूबाट प्रदूषण न्यूनीकरण तथा शहरी क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्ने प्रयास भएको छ ।
जनसंख्या वृद्धि हुनु, अव्यवस्थित शहरीकरण बढ्नु, पूर्वाधार विकास र बातावरणवीचमा असन्तुलन हुनु, एकीकृत र योजनाबद्ध विकासमा कमजोरी रहनु, अस्पताल, शहरी तथा औद्योगिक क्षेत्रहरूबाट निष्काशन हुने विभिन्न प्रकारका फोहर तथा प्रदूषणको सही व्यवस्थापन गर्न नसक्नु र कृषि क्षेत्रमा अन्धाधुन्ध रुपमा प्रयोग गरिने विभिन्न विषादधिहरूबाट बातावरण विग्रिनु जस्ता पक्षहरू नेपालको विषम परिस्थितिका लागि प्रमुख बातावरणीय समस्याहरू रहेका छन् ।
अन्तः हामीले यसरी नै वातावर विनाश गर्दै जाने हो र संरक्षणका प्रयास नगर्ने हो भने यो पृथ्वीबाट जसरी भिमकाय जीव डाइनोसरको अन्त्य भयो त्यसरी नै मानव जातिको अन्त्य नहोला भन्न सकिने अवस्था छैन् । पृथ्वीले धान्न पनि मुस्किल पर्ने संरचना निमार्ण गरि रहेका छन् । आफू खुसी वातावारण प्रदुषण गर्दै छन् । नेपालको संघीय राजधानी समेत रहेको काठमाण्डौ प्रदुसित सहरको सूचीमा विश्वको पहिलो पर्ने गरेकाे छ । त्यस कारण मानव जातिले आफ्नो चरम लाप्रवाहिले वातावरण ह्रास गर्ने क्रियाकलापको अन्त्य गर्दै वातासंरक्षणका उपायहरू अपनाइ सुनौलो भविष्यको कल्पना गरे मात्र मानव जातिको अस्तित्व रहन सक्छ ।













