कस्तो रहनेछ, आज दिनभरको मौसम ?

काठमाडौं । केही दिनदेखि मौसम खराब छ । हावाहुरी, चट्याङ र वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मौसम खराब नै रहने पूर्वानुमान छ ।

आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा मौसम आंशिकदेखि साधारणतया बदली भएको छ । बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसँगै हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च–पहाडी तथा हिमाली भू–भागका ‍एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका भू–भागका थोरै स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

Share