काठमाडौँ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले तयार पारेको सन् २०२४/२५ को मानव विकास प्रतिवेदनमा नेपाल १४५ औं स्थानमा रहेको छ । विश्वभरका १९३ देशकाे अवस्था अध्ययन गरी उक्त देशकाे प्रतिव्यक्ति कुल राष्ट्रिय आय, औसत आयु, शिक्षालगायत पक्षको मापन गर्ने उक्त प्रतिवेदन मंगलबार सार्वजनिक भएको हो । प्रतिवेदनमा नेपालको स्तर सन् २०२५ मा सामान्य सुधार भएको देखाइएको छ ।
‘छनोटको विषय: कृत्रिम बुद्धिमत्ताको युगमा मानिस र सम्भावनाहरू’ शीर्षकको प्रतिवेदनले नेपालको मानव विकास सूचकाङ्क मान ०.६२२ अंक सहित १४५ औं स्थानमा रहेको देखाएको छ । त्यसअनुसार नेपाल मध्यम मानव विकास श्रेणीमा पर्ने उल्लेख छ । मध्यम मानव विकास श्रेणी भन्नाले मानव विकास सूचकाङ्कको मान ०.५५० देखि ०.६९९ बीचको श्रेणीलाई बुझिन्छ ।
सन् १९९० मा ०.३९५ मात्रै रहेको नेपालको मापन २०२५ सम्म आइपुग्दा ०.६२२ पुगेको र त्यस अवधिमा नेपालको जन्ममा सरदर आयु १५.७ वर्ष बढेकाे छ । यो वृद्धिले स्वास्थ्य क्षेत्रमा गरिएको लगानी, बाल मृत्युदरमा गिरावट, पोषणमा सुधार, सरसफाइ तथा सुरक्षित खानेपानी पहुँचजस्ता पहलहरूको प्रभाव देखाउँछ।
विद्यालय जाने औसत वर्ष ५.४ प्रतिशतले वृद्धि भएकाे छ । पाली नागरिकहरूले औसतमा अहिले विद्यालयमा ७ वर्षभन्दा बढी समय बिताउँछन्, जुसले शिक्षा पहुँचमा उल्लेखनीय सुधारलाई जनाउँछ । विद्यालय जाने अपेक्षित वर्ष २.१ वर्ष रहेकाे छ । सन् १९९० मा कुनै बच्चाले औसत रूपमा कति वर्ष स्कुल जाने अनुमान गरिन्थ्यो भन्ने मापन करिब ८ वर्ष थियो भने हाल यो बढेर करिब १०.१ वर्ष पुगेको छ । प्रतिव्यक्ति कुल राष्ट्रिय आय (जीएनआई) करिब १६५.७ प्रतिशतले परिवर्तन भएको प्रतिवेदनमा दर्शाइएको छ । यसकाे अर्थ सन् १९९० देखि २०२५ सम्मको ३५ वर्षको अवधिमा नेपालमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय करिब १६५.७% ले वृद्धि भएको छ ।
मानव विकास सूचकाङ्कमा नेपाल सन् २०२२ मा १४६ औं, सन् २०२० मा १४२ औं स्थानमा थियो भने सन् २०१९ मा १४७, सन् २०१८ मा १४७, २०१५ मा १४६ र सन् २०१६ मा १४५ औं स्थानमा थियो ।
प्रतिवेदनले वैश्विक मानव विकास प्रगति ३५ वर्षमा सबैभन्दा कम गतिमा भइरहेको चेतावनी दिएको छ, विशेष गरी महामारीपछिको प्रभाव र प्रविधिको तीव्र परिवर्तनका कारण यस्ताे अवस्था आएकाे जनाइएकाे छ । नेपालले मानव विकासका सूचकहरूमा सुधार गर्न शिक्षा, स्वास्थ्य सेवा, र रोजगारीका अवसरहरूमा लगानी बढाउन आवश्यक छ। एआइ(AI) जस्ता प्रविधिहरूको प्रभावकारी उपयोगले विकासमा नयाँ सम्भावनाहरू खोल्न सक्छ, तर यसका लागि सशक्त नीतिगत निर्णय र दीर्घकालीन दृष्टिकोण आवश्यक छ।
हाल नेपालकाे साक्षरता ७७.४ प्रतिशत, औसत आयु ७२.१९ प्रतिशत र प्रतिव्यक्ति आय १४५६ अमेरीकी डलर रहेकाे छ ।
दक्षिण यसियालि देशहरू कुन कुन स्थनमाः
- श्रीलङ्का-०ं७७६ अंक सहित ८९ औं स्थानमा ।
- माल्दिभ्स-०.७६६ अंक सहित ९३ औं स्थानमा
- भुटान-०.६९८ अंक सहित १२५ औं स्थानमा ।
- भारत र बंगलादेश समान ०.६८५ अंक सहित १३० औं स्थनमा ।
- पाकिस्तान-०.५४४ अंक सहित १६८ औं स्थानमा ।
सूचकाङ्कमा उत्कृष्ट देखिएका १० देशहरू :

सूचकाङ्कमा सबै भन्दा नाजुक अवस्था भएका देशहरूः













