रारा घुम्न जाने हाेइन् ?

लाेकेश जाेशी

काठमाडौँ । नयाँ वर्ष २०८२ सालको आगमन सँगै कामको सिलसिलामा कैलाली गएको थिए । त्यहीँ समयमा एकाएक रारा घुम्न जाने विषय तय गरेर सुर्खेतका मित्र तुलराज सी लाई गरेको बाचा अनुरूप कैलाली बाट कोहलपुर हुँदै सुर्खेत तिर लागियो । उक्त दिन सुर्खेत तुलराज सी को घरमा बास बस्यौ र अर्को दिन बाइकको यात्राबाट बिहान ५ बजे नै जुम्ला र राराको यात्रामा हिँड्यौ । दिनभरीको मोटरसाइकलको यात्रा पछि खाना कालिकोट खाएर राती ८ बजे जुम्लाको भुल्भुलेमा बास बसियो । अर्को दिन बिहान ७ बजे भुल्भुले बाट हिँडेका हामी बिहान ८:३० मा रारा राष्ट्रिय निकुञ्ज पुगेका थियौ

कसरी जाने रारा ?

काठमाडौँ बाट स्थलमार्ग र हवाई मार्गबाट रारा पुग्न सकिन्छ । स्थलमार्ग बाट काठमाडौँ को नयाँ बसपार्क बाट बाँके जिल्लाको कोहलपुर, सुर्खेत, दैलेख, कालिकोटको सदरमुकाम मान्मा (जुम्लाको सिजा भ्याली हुँदै रारा ताल पुग्न सकिन्छ । काठमाडौँ बाट नेपालगन्ज राझा एयरपोर्ट र नेपालगन्ज बाट हवाई यात्रामा मुगुको ताल्चा बिमास्थलमा सजिलै पुग्न सकिन्छ र ताल्चा विमानस्थलबाट जिप भेटिएन भने ३ घन्टाको पैदल यात्रा पार गरिसकेपछि आर्मी ब्यारेक पुग्न सकिन्छ जुन क्षेत्र रारा भित्र पर्ने गर्दछ (जिपमा गयो भने १ घन्टामा पुग्न सकिन्छ)।

हामी भने कैलाली बाट बाइकको यात्रा गर्दै रारा गएका थियौ । काठमाडौँ बाट ९२४ किलोमिटर रहेको राराताल पुग्न त्यति कठिनाइ चाहिँ छैन । काठमाडौँ नयाँ बसपार्क बाट सुर्खेत सम्मको लागी २५ सयको टिकट लिएर रात्रिकालीन बसको यात्रा गर्दै अर्को दिन दिउँसो १र२ बजे सहजै सुर्खेत पुग्न सकिन्छ । उक्त दिन सुर्खेतमै बास बसि अर्को दिन बिहान सुर्खेत बाट राराको लागि माइक्रो अथवा मिनी बसमा बिहान ६ बजे रु ३५०० को खाना सहितको टिकट लिएर यात्रा सुरु हुन्छ (सुर्खेतमा बास बस्दा खाना २०० र कोठा ८०० मा पाउन सकिन्छ)।

सुर्खेत बाट बिहान ६ बजे हिडिरहे पछि दिउँसोको खाना गाडी ले दैलेखको सेरोफेरोमा खुवाउने गर्दछ । बाटो कालिकोट सम्म कालोपत्र रहेकोले यात्रा आनन्दित नै हुने गर्दछ। कर्णाली तिरै तिर गाडी गुड्छ र साझ ६ बजे कालिकोटको नाग्म मा पुगिसकेपछि गाडी रोकिन्छ । त्यो दिन त्यहीँ अनिवार्य बास पस्नुपर्ने हुन्छ । किनभने प्रशासन ले चार पाङ्ग्रे गाडी राती हिड्न रोक लगाएको कारण बास त्यहीँ बस्नु परेको हो ।

साँझको खान खाएपछि बास बस्नको लागी छुट्टै पैसा चाहिँ नाग्म मा तिर्नु पर्दैन । अर्को दिन बिहानै ट बजे चिया र खाजा खाएर बस राराको लागि गुड्न थाल्छ । नाग्म सकिएपछि जुम्लाको सिमाना सुरु हुन्छ । जुम्लाको सिजा भ्याली, भुल्भुले र आर्मी चेकपोस्ट ९जुन मुगु र जुम्लाको सिमानामा पर्दछ ० हुँदै बिहानको खाना खाने समय त्यहीँ ११र१२ बजे राराको फेदिमा बस ले पुर्याउछ । त्यही खाना खाने, होटल रुप लिएर फ्रेस हुने (कोठा १०००/१२०० र सादा खाना ३०० मा खाना सकिन्छ)।

खाना खाएकै छेउमा आर्मी ब्यारेक र रारा राष्ट्रिय निकुञ्ज भएको ले त्यहीँ बाट नेपाली नागरिकको लागि रु १००, सार्क मुलुक नागरिक को लागी १५०० र बिदेश नागरिकको लागि रु ३००० को टिकट लिएर झोलाहरु होटलमै राखेर रारा ताल तिर जान सकिन्छ । आर्मी क्याम्प बाट पैदल हिडेर जादा ४०/४५ मिनेटमा रारा ताल पुग्न सकिन्छ । हिंड्न् नसक्नेलाई घोडाको सवारी गर्न सकिन्छ (रु ६०० लिने गर्दछन घोडा व्यावसायिकहरुले)।

तालको को सौन्दर्यताको चर्चा गरि साध्य छैन ।

कर्णाली प्रदेशको मुगु जिल्लामा पर्ने स्वर्गीय रानिको रूपमा परिचीत रारा जाने मौसम भनेको बसन्त, ग्रिष्म र बर्षा ऋृतु विशेष रूपमा उत्तम मानिन्छ । रारा प्राकृति रूपमा निर्मित नेपालको सबैभन्दा ठुलो ताल हो । रारा ५ कि.मि लम्बाई, ३ कि.मि चौडाइ र १६७ मिटर गहिराई राराताल १०.८ वर्ग कि.मि क्षेत्रफलमा फैलिएको छ । ताल वरिपरि घुम्नलाई पैदलयात्रा करिब ५ घण्टा समय लाग्दछ । छिनछिनमा रुप र रंग बदल्नु राराको विशेषता हाे ।

बि.स २०३२ सालमा स्थापना भएको रारा राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज हो । यो राष्ट्रिय निकुञ्ज भित्र विभिन्न थरीका गुराँस तथा मौसम अनुसारका फुल्ने सयौं थरीका फुल लगायत बनस्पतिहरु, लोपोन्मुख रेड्पान्डा, काडेभ्याकुर, हिमाली कालोभालु, कस्तुरी, रतुवा, हिम चितुवा, डाफे, कालिज र गृस्याममा पाइने साइवेरिया बाट आउने साइबेरियन चरा पाइने गर्छन् । यो निकुञ्जमा ढुङ्गा, घोडा सयरको पनि आनंद लिन सकिन्छ ।

हिमालको दृश्य हेर्नको लागि ताल भएको स्थानबाट करिब २ घन्टा पैदल हिडियो भने वरपरका हिमाल र तल रहेको तालको दृश्य हेरेर आनंद लिन सकिन्छ ।

साझ हेरेर झोला राखेकै होटलमा आएर बास बस्ने र अर्को दिन बिहानको टिकट लिएर सुर्खेतको लागी फर्किन सकिन्छ ।राराको आर्मी क्याम्प बाट मुगुको सदरमुकाम गमगढी १ घन्टा ३० मिनेटमा पुग्न सकिन्छ ।