भूमि अधिकार तथा श्रमिक सङ्गठन नेपालको अध्यक्षमा  इन्द्र तामाङ

टीकापुर । कैलालीको टिकापुरमा भूमि अधिकार तथा श्रमिक सङ्गठन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । इन्द तामाङको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गर्दै महाधिवेशन सम्पन्न भएको हो । यस्तै उपाध्यक्षमा लिला बिक र राजकुमारी देवि सुनार, महासचिवमा उमेश आचार्य, उपमहासचिवमा लोकेन्द्र विष्ट र सचिवमा सूर्य कट्टेल, प्रेम बहादुर गुरूङ, लक्ष्मी भट्ट र नारायण शाह चयन भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका महासचिव ईश्वर पोख्रेलले मङ्गलबार महाधिवेशनको उद्‌घाटन गरेका थिए । महाधिवेशनमा नेकपा एमालेका नेता कार्यकर्ता एवं सयौँ भूमिहीन सुकुम्बासी र स्थानीय बासिको सहभागिता रहेको थियो ।

टीकापुरमा मात्रै करिब नौ हजार ९०० जना भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोवासीले जग्गा पाउन भूमि आयोगमा आवेदन दिएका छन् । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट टीकापुर आएका अधिकांश मानिसहरू क्याम्पस तथा सङ्घ संस्थाका जग्गामा बसेकाले यहाँ जग्गा नापजाँचको काम सुरु हुन सकेको छैन ।

Share