लोकेश जोशी
काठमाडाैँ । स्याफ्रुबेँसीबाट सुरु हुने पदयात्रा भोटेकोसी तरेसँगै लाङटाङ खोलाको वारिपारि गर्दै २ देखि ३ दिनमा गर्न सकिन्छ, जहाँबाट अन्तिम गाउँ क्यान्जिन गोम्पा (३९०० मिटर) मा पुगिन्छ । हिमाली क्षेत्रमा पाइने वनस्पति तथा वन्यजन्तुहरूको अवलोकन गर्दै यात्रा अगाडि बढ्ने गर्छ । रेड पाण्डा (हाब्रे) का लागि राम्रो बासस्थान भएको यस निकुञ्जमा यात्रा गर्दा सबै ठाउँमा निगालो (एक प्रकारको बाँस) पाइँदो रहेछ, जसले गर्दा रेड पाण्डाको खानाका लागि सहज बनाएको छ ।
























