स्राेत नखुलेकाे १७ लाख रकम सहित कैलालीमा दुई जना पक्राउ

कैलाली । कैलालीमा स्रोत नखुलेको करिब साढे १७ लाख नगदसहित दुई जना पक्राउ परेका छन् । छुट्टाछुट्टै स्थानबाट प्रहरीले दुई जनालाई १७ लाख ४६ हजार नगसहित पक्राउ गरकोे हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार भजनी नगरपालिका– ५ गुलरीयाघाट भन्सार कार्यालय नजिकै इलाका प्रहरी कार्यालय पृथ्बीपुर कैलालीबाट खटिएको प्रहरी टोलीले भारतको खिरी जिल्लास्थित तिकुनिया बस्ने ३२ वर्षीय अमन कुमार गर्गलाई पक्राउ गरिएको छ ।

उनको साथबाट स्रोत नखुलेको आठ लाख ९६ हजार ६६० नेपाली रुपैयाँ बरामद गरिएको छ । उनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय सत्ती पठाइएको छ ।

यस्तै, टीकापुर नगरपालिका– १ बस्ने १९ वर्षीय अर्मन चौधरीलाई पनि पक्राउ गरिएको छ । स्रोत नखुलेको भारतीय रुपैँया पाँच लाख ३१ हजार चार सय (आठ लाख ५० हजार २४० नेपाली) सहित चौधरीलाई पक्राउ गरिएको हो । चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाइएको छ ।