नेपालमा प्रेस स्वतन्त्रताकाे अवस्था खस्कियाे

काठमाडौं । नेपालमा प्रेस स्वतन्त्रताको अवस्था खस्किएको एक अध्ययनले देखाएको छ। रिपोर्टर विदाउट बोडर(आरएसएफ) ले गरेको यस वर्षको अध्ययन अनुसार नेपालको प्रेस स्वतन्त्रताको अवस्था खस्किएको देखाएको हो। आरएसएफले सार्वजनिक गरेको सन् २०२५ को अध्ययन प्रतिवेदनमा नेपाल ५५.२ अङ्क सहित ९० औँ स्थानमा परेको छ। सन् २०२४ को अध्ययनमा नेपाल ७४ औं स्थानमा रहेकोमा यस वर्ष १६ स्थान खस्केर ९० औँ स्थानमा झरेको छ।

आरएसएफले हरेक वर्ष १८० देशलाई सामेल गराइ यस्तो अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आएको छ। यस वर्ष नर्वे ९२.३१ अङ्क सहित सूचीको शीर्ष स्थानमा रहेको छ भने इस्टोनिया, निदरल्यान्ड, स्विडेन, फिनल्यान्ड, डेनमार्क र आयरल्यान्ड क्रमश उत्कट ८ देशमा पर्न सफल भएका छन्। यसै गरी इरिटिया, दक्षिण कोरीया र चिन सबै भन्दा खराब अवस्था भएका राष्ट्रको सूचीको अन्तिमबाट क्रमश पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन्। दक्षिण एसियाली राष्ट्रहरूमा भारत १५१, भुटान १५२ र पाकिस्तान १५८ औ स्थानमा परेका छन्।

नेपालकाे संविधानकाे पस्तावनामा पूर्ण प्रेस स्वतन्त्रताकाे व्यवस्था गरिएकाे भएता पनि पत्रकार मारिने, हिरासतमा  राख्ने, कुटपिट हुने तथा समाचार लेखेकै भरमा धम्क्याउने घट्ना सामान्य जस्तै छ। यसका साथै सरकारी स्तरबाट समेत मिडिया माथि कडा नियन्त्रणका प्रयास भएको पाइने गरेको छ। गत चैत्र १५ गते राजावादीको आन्दोलनमा एभिन्युजका एक पत्रका जिउँदै जलाइएका थिए। यस्तै गत कार्तिकमा कैलालीका पत्रकार सुरेश भुललाई भिडले चाेरी आरोपमा कुटपिट गरी हत्या गरेको थियो। पत्रकार कुटिने, धम्काउने र विभिन्न आरोपमा हिरासतमा राख्ने घटना प्रशस्तै पाउन सकिन्छ।

आरएसएफले गरेको यस वर्षको अध्ययनमा कुन राष्ट्र कुन स्थानमा रहेको सम्पूर्ण जानकारी यो सुचीमा समावेश छ।

https://rsf.org/en/index

Share