घोडाघोडी बहुमुखी क्याम्पसमा ११ सय २६ मतदाताले गरे मतदान

कैलालीको घोडाघोडीमा अवस्थित घोडाघोडी बहुमुखी क्याम्पसमा ११ सय २६ मतदाताले मतदान गरेका छन् ।

घोडाघोडी नगरपालिका-१, सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । जसमा ११ सय २६ मतदाताले मतदान गरेका छन् । जम्मा १६ सय ९१ मतदाता रहेकोमा उक्त सङ्ख्याले मतदान गरेका हुन् ।

जसमा ७ सय ८० छात्राले मतदान गर्दा ३ सय ४६ छात्र रहेका छन् ।

घोडाघोडीमा तीन जनाको उम्मेदवारी सभापतिमा परेको छ । जसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादी निकट अनेरास्ववियूको संयुक्त प्यानलबाट गणेश भण्डारी उम्मेद्वार बनेका छन् भने एमाले निकट अनेरास्ववियु र नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको संयुक्त प्यानलबाट अशोक गौतम रहेका छन् ।

यस्तै विप्लव निकट अखिल समाजवादीले भने एकल रूपमा उम्मेद्वारी दर्ता गराएको थियो जसमा यम बहादुर खत्री रहेका छन् ।

घोडाघोडीमा क्रान्तिकारी ह्याट्रिक गर्ने दाउमा रहेको छ भने अनेरास्ववियु पहिलो पटक कब्जा गर्ने दाउमा रहेको छ ।

Share