त्रिवि केन्द्रीय क्याम्पस स्ववियु सभापतिमा नेविसंघका दिपकराज जोशी विजयी

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा नेविसंघका दिपकराज जाेशी विजयी भएका छन् । आज सम्पन्न मतगणनामा नेविसंघका उम्मेदवार दिपकराज जोशी ७८९ मत ल्याएर विजयी बनेका हुन्।

सोमबार सम्पन्न चुनावकाे अाज मतगणना सकिएकाे हाे। नेकपा (एमाले) निकट अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत ल्याए भने नेकपा (माओवादी) निकट क्रान्तिकारीका प्रविन दाहालले ७२७ मत ल्याएका छन्। यस्तै स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ७१७ मत ल्याएका हुन्। निर्वाचनमा कुल ३११८ मत खसेको थियो।

Share