चौमाला बहुमुखी क्याम्पसमा गोला प्रथाबाट स्वतन्त्र उम्मेदवार विजयी

कैलाली । कैलालीको गौरीगंगामा रहेको चौमाला बहुमुखी क्याम्पसमा स्ववियु सभापतिको टुङगो गोला प्रथाद्धारा लगाइएको छ । चैत ५ गते सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको अन्तिम मत परिणामा आउँदा बराबरी मत प्राप्त गरेपछि सभापतिको टुङ्गो गोला प्रथाबाट गरिएको हो ।

निर्वाचन समितिले अन्तिम मत परिणाम सार्वजनिक गर्दा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका उम्मेदवार दिल बहादुर ताम्राकार र स्वतन्त्र उम्मेदवार योगेन्द्र कुमार जोशीले समान १ सय ५५ मत प्राप्त गरेका थिए । दुवैले समान मत प्राप्त गरेपछि निर्वाचन समितिले त्रिवि निर्देशिका २०८१ को दफा १० को नियम ४ लाई टेकेको थियो ।

जस अनुसार समितिले गरेको गोला प्रथाको गोटीले स्वतन्त्र उम्मेदवार योगेन्द्र कुमार जोशीलाई भाग्यमानी सावित गर्यो । अन्तिममा सोही अनुरुप समितिले जोशीलाई सभापतिमा विजयी घोषणा गरेको हो ।

Share