स्ववियु निर्वाचन : नेवि संघ ९९, अनेरास्ववियु ८६ र अखिल क्रान्तिकारी ८१ क्याम्पसमा विजयी

चैत ५ गते मंगलबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अन्तिम मत परिणाम आउनेक्रम जारी रहेको छ ।

हालसम्म कांगे्रस निकट नेवि संघ ९९ वटा क्याम्पसमा विजयी भएको छ । एमाले निकट अनेरास्ववियुले ८६ स्थानमा विजयी हासिल गर्दा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ८१ वटा क्याम्पसमा जित हात पारेको छ । केही क्याम्पसहरूमा मत गणना जारी रहेको छ ।

मंगलबार ३८ वटा आंगिक र ३ सय सम्बन्धन प्राप्त क्याम्पसमा मात्रै निर्वाचन भएको हो । त्रिविले सम्बन्धन प्राप्त करिब साढे ३ सय र ६२ आंगिक क्याम्पसमा एकै चरणमा निर्वाचन गर्ने तयारी गरेको थियो । तर, विद्यार्थीको अवरोधका कारण ठुला तथा आंगिक क्याम्पसहरूमा चुनाव हुन सकेको छैन् ।

कहाँ–कहाँ रोकियो चुनाव ?

त्रिवि केन्द्रीय क्याम्पस, आरआर क्याम्पस, त्रिचन्द्र क्याम्पस, पद्मकन्या क्याम्पस, अस्कल क्याम्पस, शंकरदेव क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस, पब्लिक युथ क्याम्पस, पद्मकन्या क्याम्पस, विश्वभाषा क्याम्पस, नेपाल ल क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, सुर्खेत बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, रामस्वरूप रामसागर बहुमुखी क्याम्पस, पक्लिहवा बहुमुखी क्याम्पस, तेह्रथुम बहुमुखी क्याम्पस, कृषि क्याम्पस खैरहनी, पाटन संयुक्त क्याम्पस, हिमालयन इन्जिनियरिङ क्याम्पस ललितपुर, कान्तिपुर इन्जिनियरिङ क्याम्पस ललितपुर, महालक्ष्मी बहुमुखी क्याम्पस, कैलालीका घोडाघोडी बहुमुखी क्याम्पस र बर्दगोरिया कलेज लगायतका क्याम्पसमा निर्वाचन हुन सकेन् ।

Share