कैलालीमा ९ क्याम्पसको नतिजा : ५ नेवि संघ, ४ अखिल क्रान्तिकारीले हात पार्दा अनेरास्ववियु शुन्य

कैलाली । कैलाली जिल्लामा रहेका क्याम्पस तथा कलेजहरुमा चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । निर्वाचन भएका मध्ये हालसम्म ९ क्याम्पसको अन्तिम मत परिणम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले ५ क्याम्पसमा स्ववियु नेतृत्व हात पारेको छ भने नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ४ क्याम्पसमा आफ्नो नेतृत्वलाई विजयी गराउन सफल भएको छ ।

नेवि संघले धनगढीको फूलबारी बहुमुखी क्याम्पसमा जित हात पारेको छ । जहाँ अखिल क्रान्तिकारी, नेवि संघ र अखि समाजवादी विच गठबन्धन भएको थियो । यस्तै महुन्याल बहुमुखी

भजनीमा सभापति नेवि संघले हात पार्दा बाँकी सबै पदमा क्रान्तिकारीले जितेको छ । रघुनाथ बहुमुखी क्याम्पस जोशीपुर, बिरेन्द्र बहुमुखी क्याम्पस टीकापुर र ऐश्वर्य बहुमुखी क्याम्पस धनगढीमा जित हात पारेको हो ।

यस्तै, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले लम्की बहुमुखी क्याम्पस, बुलबुले बहुमुखी क्याम्पस, राष्ट्रिय कलेज सुखड र खप्तड बहुमुखी क्याम्पसमा जित निकालेको छ ।

त्यसै गरी चौमाला बहुमुखी क्याम्पसको सभापतिमा भने नेवि संघका दिलबहादुर ताम्राकार र स्वतन्त्र उम्मेदवार योगेन्द्र कुमार जोशीले १ सय २५ बराबर मत ल्याएका छन् । त्यहाँ नेवि संघले पुनः मत गणना हुनुपर्ने माग गरेको छ ।

घोडाघोडी बहुमुखी क्याम्पस र बर्दगोरिया बहुमुखी क्याम्पसमा भने विद्यार्थी संगठनहरुको असहमझदारीका कारण निर्वाचन हुन सकेको छैन् ।

१० क्याम्पसको मत परिणाम सार्वजनिक भइसक्दा पनि एमाले निकट अनेरास्ववियुले कुनै पनि स्थानमा जित हात पार्न सकेको छैन् । उसले यसभन्दा अघि जितेका क्याम्पसहरुमा समेत नराम्रोसँग पराजय भोगेको छ ।

Share