सुखड । कैलालीको घोडाघोडी नगरपालिका-१, सुखडमा अवस्थित राष्ट्रिय कलेजको स्ववियु सभापतिमा पुनः अखिल क्रान्तिकारीका सुन्दर गौतम नै विजयी भएका छन् । गौतमले अनेरास्ववियु र नेवि संघको गठबन्धनका उम्मेद्वारलाई भारी मतान्तरले पराजित गर्दै जित हात पारेका हुन् ।
राष्ट्रियमा गठबन्धनलाई अखिल समाजवादीले समेत पछारेको छ । क्रान्तिकारीका गौतमले सर्वाधिक १ सय ९१ मत हात पार्दा उनका निकटतम प्रतिद्वन्द्वी अखिल समाजवादीका माइकल चौधरीले ९९ मत प्राप्त गरे । संयुक्त प्यानलका योगेन्द्र न्यौपानेले जम्मा ९४ मत मात्र प्राप्त गर्न सके ।
त्यसै गरी सचिवमा समेत क्रान्तिकारीले बाजी मारेको छ । जसमा सुस्मिता चौधरीले १ सय ७६ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेवि संघ र अनेरास्ववियुको गठबन्धनका उम्मेद्वार पदम सिंहले १ सय २२ मत प्राप्त गर्दा अखिल समाजवादीका शेर बहादुर भुलले ८१ मात्रै पाए ।
यस्तै कोषाध्यक्षमा समेत क्रान्तिकारी हाबी देखियो । जहाँ मुना चौधरी १ सय ७६ मत सहित विजयी हुँदा उनका प्रतिद्वन्दी संयुक्त प्यानलकी उम्मेद्वार सीमा चौधरीले १ सय १८ मत प्राप्त गर्दा अखिल समाजवादीकी भीष्मा कुमारी चौधरीले ८१ मात्रै प्राप्त गर्न सके
प्रत्यक्ष तर्फका सबै सदस्यमा समेत क्रान्तिकारीले नै जित हात पारेको छ । जसमा रेनुका चौधरी, विशेष चौधरी, डम्मर कुमारी वोहरा, चन्द्रा विष्ट, बास्ना वि.क रहेका छन् ।












