बर्दियामा हात्तीको आक्रमणमा परी एक जनाको निधन

बर्दिया । बर्दियामा जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको निधन भएको । जिल्लाको ठाकुरबाबा नगरपालिका २ बलातीमा गएराति जंगलि हात्तीको आक्रमणमा परी स्थानीय ६० बर्षिया बोलिराम थारूको निधन भएको हो ।

थारूको राति ११ बजे गहु खेतिमा सपेका हात्ती भगाउने क्रममा हात्तीको आक्रमणमा परी घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यलय भुरिगाउँ बर्दियाले जानकारी दिएको छ । 

Share