कैलाली । कैलालीको मध्यवर्ती क्षेत्र गौरीगंगामा भएको जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि लुम्बीनी प्रदेशको प्रतिनिधित्व गरेर आएको राईजिङ स्टार क्लबले हात पारेकोे छ । बुधबार भएको उपाधि भिन्डतमा सुदूरपश्चिमलाई टाईबे्रकरमा ५-३ गोल अन्तरले पाखा लगाउँदै उपाधि चुमेको हो ।
फाईनल भिड्न्तमा दुबै टोलीले गोल रहित बराबरी खेलेपछि उपाधिको छिनोफानो पेनाल्टी सुटआट बाट गरिएको थियो । जसमा सुदूरपश्चिमले लुम्बीनीको गोल पोस्टमा ३ गोल गर्दा लुम्बीनीले ५ गोल गर्दै उपाधि चुम्न सफल रहृयो ।
लुम्बीनीमका लागि अभिषेक तामाङ, किरन योगी, चेतन थारु, दिपकराज ठकुरी र रञ्जित चौधरीले गोल गर्दा सुदूरपश्चिमका लागि हिमाल सिंह, विमल ओली, नरेन्द्र चौधरीले गोल गरे भने गोलरक्षक कुम्भ देउवाको प्रहार गोलमा परिणत हुन सकेन् ।
खेलमा लुम्बीनी प्रदेशका गोलरक्षक प्रतिक सुनार म्यान अफ द म्याच भए । उनले नगद ५ हजार सहित ट्रफी पाए ।
विजेता भएसँगै लुम्बीनी प्रदेशको राईजिङ स्टार क्लबले ५ लाख नगद सहित ट्रफी हात पारेको पार्दा उपविजेतामा सिमिति बनेको सुदूरपश्चिम प्रदेशले २ लाख ५० हजारमै चित्त बुझाएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सुदुरपश्चिम प्रदेशका नरेन्द्र चौधरी भए । उनले नगद ५० हजार सहित ट्रफी पाए । यस्तै उत्कृष्ट प्रशिक्षक लुम्बीनी प्रदेशका सुन्दर पोखरेल, उत्कृष्ट रक्षक लुम्बीनीकै रञ्जित चौधरी, उत्कृष्ट गोलरक्षक लुम्बीनीकै प्रतिक सुनार, सर्वाधिक गोलकर्ता सुदूरपश्चिमका श्याम विनाडी भए । उनीहरुले जनही नगद १५ हजार सहित ट्रफी हात पारे ।













