१९ वर्षमुनिको महिला टी २० विश्व कप छनोटमा नेपालकाे लजास्पद पराजय

आईसीसी १९ वर्षमुनिको महिला टी २० विश्वकप एसिया छनोटमा नेपाल यूएईसँग १० विकेटले पराजित भएको छ । आज भएको दोस्रो खेलमा नेपालले दिएको ९ रनको झिनो लक्ष्य पछ्याएको यूएईले १ ओभर १ बलमा विना विकेटको क्षतिमा पुरा ग¥यो । यूएईकी थीर्थ सतिश ४ रन तथा लवन्य केनी  ३ रनमा अविजित रहिन् ।

त्यसअघि मलेसियाको यूकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ८ ओभर १ बलमा सबै विकेट गुमाएर मात्र ८ रन बनाउन सक्यो । नेपालकी स्नेहा महराले १० बलमा सर्वाधिक तीन रन बनाइन् ।

ओपनर मनिषा रानाले २, किरण कुमारी कुँवर, अनु कडायत र अश्मा पुलामी मगर समान  रनमा आउट भए । नेपालका ६ खेलाडीले खाता नै खोल्न सकेनन् । यूएईकी महिका गौरले ५, इन्धुजा नन्दका कुमारले ३ र सिमराले १ विकेट लिइन् ।

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गरेकाे थियो भने यूएईले भुटानलाई १ सय ६० रनले पराजित गरेको थियो । ६ टोली सहभागी छनोटमा शीर्ष टोलीले आउँदो वर्ष दक्षिण अफ्रिकामा हुने १९ वर्षमुनिको महिला विश्व कप खेल्न पाउनेछ । नेपालले तेस्रो खेलमा सोमवार भुटानसँग खेल्नेछ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *