सुखड । कैलालीको घोडाघोडी नगरपालिका – ६ बसन्तामा रुखमा झुण्डिएको अवस्थामा २४ वर्षिया एक महिलाको शव फेला परेको छ। शनिबार नगरपालिकाकाे वडा न. ६ मा रहेको शिवशक्ति समुदायक वनमा रूखमा झुण्डिएको अवस्था स्थानीय जलुकी सुनारकाे शव फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
शुक्रबार दिउँसो ३ बजे नुहाउन भनि घरबाट गएकी महिला साँझ अबेर सम्म घर नफर्के पछि परिवारले खाेजि गरेको थियाे । स्थानीयले शनिबार बिहान रुखमा झुण्डिएको अवस्थामा फेला पारेको परिवारले जनाएको छ । सामुदायिक वनमा शव रूखमा झुण्डिएको अस्थायी प्रहरी पोस्ट बछुरीयाले खबर पाएपछि प्रहरी घटना स्थल पुगेको थियो । प्रहरीले आत्महत्या भएको हुन सक्ने भन्दै थप अनुसन्धान भइरहेको र शवलाई पोस्टमार्टको लागि टीकापुर अस्पताल पठाइने बताएको छ ।














