दोस्रो घोडाघोडी सांस्कृतिक तथा पर्यटन महोत्सव २०८१ आजदेखि सुरु

सुखड । कैलालीको घोडाघोडी नगरपालिका-१ स्थिति सुखडमा शुक्रबारदेखि ‘दोस्रो घोडाघोडी सांस्कृतिक तथा पर्यटन महोत्सव २०८१’ सुरु भएको छ । । “कृषि पर्यटन उद्योग र व्यापार,समृद्ध घोडाघोडीको आधार” भन्ने मूल नाराका साथ शुभारम्भ भएको महोत्सवको उद्घाटन नगर प्रमुख खडक बहादुर रावतले गरेका थिए ।

घोडाघोडी सामाजिक सरोकार केन्द्रले आयोजना गरेको महोत्सवको समुद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख रावतले महोत्सवले स्थानीय कला संस्कृति संरक्षण र पहिचानसँगै यस क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसारका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका थिए । आजबाट सुरु भएको महोत्सव फागुन १८ गते सम्म सञ्चालन हुने छ ।

महोत्सवमा ख्याति प्राप्त राष्ट्रिय स्तरका कलाकारदेखि स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ । महोत्सव अवलोकनका लागि टिकटमा सर्वसाधारणलाई १ सय, विद्यार्थीका लागि ७० र अशक्तका लागि छुटको व्यवस्था गरिएको छ ।

महोत्सव स्थलमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । घोडाघोडी सामाजिक सरोकार केन्द्रका अध्यक्ष नवीन क्षेत्रीको सभापतित्वसँगै सुरु भएको कार्यक्रमका प्रमुख अतिथि घोडाघोडी नगरपालिका मेयर खडक बहादुर रावत रहेका थिए । कार्यक्रममा विभिन्न व्यक्तिहरूले सहभागिता रहेको थियो । घोडाघोडी सामाजिक सरोकार केन्द्रका सदस्य राजु अवस्थिको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन उद्धोषिका तथा गायिका मञ्जु पौडेलले गरेकी थिइन् ।

Share