कैलाली । कैलाली जिल्लाका १३ वटा स्थानीय तहहरूमध्ये कार्यसम्पादन मूल्याङ्कनमा धनगढी उपमहानगरपालिका पहिलो भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा धनगढी पहिलो भएको हो।
जिल्लाका १३ स्थानीय तहमा आर्थिक वर्ष २०८०/०८१ को मूल्याङ्कन गर्दा धनगढीले ६३ दशमलव ३ अङ्क प्राप्त गर्दै पहिलो भएको हुँदा चुरे गाउँपालिका ३९ दशमलव २ अङ्कसहित अन्तिम स्थानमा परेको छ ।
जानकी गाउँपालिका ६३ दशमलव १ अङ्कसहित दोस्रो, बर्दगोरिया गाउँपालिका ६२ दशमलव ७ अङ्कसहित तेस्रो स्थानमा रहेको छन् भने घोडाघोडी नगरपालिका ६२ दशमलव ७ अङ्कसहित चौथो स्थानमा रहेको छ। पाँचौँ स्थानमा रहेको गोदावरी नगरपालिकाले ५८ दशमलव ७ अङ्क छ। छैटौँ स्थानमा ५४ दशमलव ६ अङ्कसहित कैलारी गाउँपालिका रहेको छ।
टीकापुर नगरपालिका ५२ दशमलव ७ अङ्कसहित सातौँ, जोशीपुर गाउँपालिका ५० दशमलव ४ अङ्कसहित आठौँ, गौरीगंगा नगरपालिका ४७ दशमलव १ अङ्कसहित नवौं र भजनी नगरपालिका ४७ दशमलव १ अङ्कसहित दसौँ स्थानमा रहेको छ।
त्यसैगरी लम्की चुहा नगरपालिका ४४ दशमलव ४, मोहन्याल
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले माघ ३० गते कार्यसम्पादन मूल्याङ्कनको आधारमा प्रदेश सरकार र स्थानीय तहले प्राप्त गरेको अङ्क सम्बन्धी विवरण प्रकाशित गरेको थियो
।
आयोगले प्राप्त अङ्कमा चित्त नबुझे ७ दिन भित्र आवश्यक आधार र प्रमाण सहित पुनरावलोकनका लागि उजुरी दिन पनि भनेको छ।













