डोटी । डोटीकाे जोरायल गाउँपालिकाले विद्यालयमा आइतबार सार्वजनिक बिदा नदिने भएको छ । पालिकाकाे शिक्षा, युवा तथा खेलकुद शाखाले शुक्रबार सूचना जारी गर्दै आइतबार पनि सम्पूर्ण सामुदायिक विद्यालयहरूमा पठनपाठन सञ्चालन गर्ने जनाएको छ । गाउँपालिकाले संघीय सरकारले गरेको हप्तामा दुर्इ दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय कार्यन्वयन नगर्ने भएको हाे ।
शाखाको शुक्रबार बसेको बैठकले विद्यार्थीहरूको पठनपाठनलाई मध्यनजर गर्दै गाउँपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयहरूलाई आइतबार समेत विद्यालय सञ्चालन सूचना जारी गरेको हाे ।
निजि विद्यालयका छाता संगठनले भने यस अघिनै देशैभरका निजि विद्यालयमा अाइतबार समेत पठनपाठन सञ्तालन गर्ने निर्णय गरेकाे थियाे ।














