घोडाघोडी । कैलालीको घोडाघोडीमा आउँदो फागुन ९ देखि १८ गतेसम्म महोत्सव सञ्चालन हुने भएको छ । “कृषि, पर्यटन, उद्योग र व्यापार समृद्ध घोडाघोडीको आधार” भन्ने मूल नाराका साथ फागुन ‘घोडाघोडी सांस्कृतिक तथा पर्यटन महोत्सव २०८१’ हुने भएको हो ।
घोडाघोडी सामाजिक सरोकार केन्द्रको आयोजनामा हुन लागेको महोत्सवको जानकारी शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । महोत्सव घोडाघोडी नगरपालिका-१ को मुख्य केन्द्र सुखड बजारस्थित हेलीप्याडमा सञ्चालन हुनेछ ।
विश्व रामसार सूचीमा सुचिकृत घोडाघोडी तालको प्रचार प्रसारका साथै घोडाघोडी क्षेत्रमा रहेका धार्मिक, पर्यटकीय र पर्यावरणीय क्षेत्रको व्यापक प्रचार प्रसार तथा कृषि व्यापारको बजारीकरणलाई मुख्य लक्ष्य तथा उद्देश्य राखेर महोत्सव सञ्चालन हुन् लागेको जानकारी दिएको हो ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरमा कलाकारहरुको उपस्थिति हुने आयोजकले जनाएको छ ।
यस्तै आयोजकले अपाङ्गता भएका व्यक्ति तथा वृद्ध वृद्धाका लागि टिकट निःशुल्क गरिएको छ भने सामान्य तर १ सय र विद्यार्थीहरुका लागि ८० राखिएको छ । सिजनल टिकटको मूल्य भने ५ सय कायम गरिएको छ ।
आयोजकले महोत्सवमा कृषिमा आधारित वस्तुहरु, औद्यौगिक उपकरण तथा मेसिनरिहरु, अटोमोबाइल, तयारी पोशाक, दैनिक उपभोग्य वस्तुहरु, सुचना प्रविधी, हस्तकलाका वस्तुहरु, फुटवेयर र कस्मेटिक तथा प्लाष्टिक सामग्रीहरु प्रदर्शन हुने बताएको छ ।













