काठमाडाैं । निर्वाचन आयोगले जिल्ला समन्वय समितिको चुनाव नसकिएसम्म आफ्नो कार्यक्षेत्र नछाड्न जनप्रतिनिधिलाई आग्रह गरेको छ ।आयोगले आज विज्ञप्ति जारी गर्दै, निर्वाचन कार्यक्रम सुरु भइसकेपछि कानुनमा उल्लेखित समयावधि भित्र सम्पन्न गर्नु पर्ने भएकाले कार्यक्षेत्र नछाड्न जनप्रतिनिधिलाई आग्रह गरेको हो । साथै यथाशीघ्र जिल्ला समन्वय समितिको चुनाव सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतहरूलाई आयोगको निर्देशन समेत दिएको छ ।
वैशाख ३० मा भएको पालिका निर्वाचनको परिणाम सार्वजनिक भइसकेपछि अहिले देशभर गाउँ कार्यपालिका र नगर कार्यपालिकाको चुनाव भइरहेकाे छ ।













