सुखड । नेपाल सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने गरेको निर्णय जोशीपुर गाउँपालिकाले लागू नगर्ने भएको छ । कैलालीको जोशीपुर गाउँपालिकाको बिहीबार बसेको कार्यपालिका बैठकले हप्तामा दुर्इ दिन बिदा नदिने निर्णय गरेको हो । जेठ २२ गते देखि लागू हुने गरि गाउँपालिका भित्र रहेका सम्पूर्ण कार्यालयहरू तथा विद्यालयहरू आइतबार पनि सञ्चालन हुने निर्णय भएको सूचना जारी गरेको छ ।














