डिजेल, पेट्रोलको र मट्टीतेलको मूल्य घटे सँगै सार्वजनिक यातायातको भाडादरमा समायोजन 

फोटो : गुगलबाट

काठमाण्डौ । डिजल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेसँगै सार्वजनिक यातायातको भाडादरमा समेत समायाेजन गरिएकाे छ । यातायात व्यवस्था विभागले आज सूचना जारी गर्दै गाडी भाडा समायोजन गरेर भाडा सूची सार्वजनिक गरेको हाे ।

नेपाल आयल निगमले अाजै देखि पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ घटाए हाे । विभागका अनुसार यात्रुवाहक गाडीको भाडा २ प्रतिशतले घटेको छ भने,पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीको २ दशमलव ६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीको २ दशमलव ९ प्रतिशतले भडा घटेको छ । 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *